बीरगंज २० चैत्र/ सहकारीको चाहना बिश्व समृधिको कामना भन्ने नाराका साथ ५४ औ राष्ट्रिय सहकारी दिवस आज एक समारोह बीच सम्पन्न भएको छ । बाँकी समाचार..........
डिभीजन सहकारी कार्यालय पर्साले बीरगंजको नेपला राष्ट्रिय बिधापीठ उच्च माध्यमिक बिधालयमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथी पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले पानसमा बत्तीबालि कार्यक्रमको उदघाटन गर्दै सहकारी संस्थाको उत्तरोतर प्रगतीको कामना गर्नु भयो । प्रमुख जिल्ला अधिकारी झाले उत्कृष्ट काम गर्ने जनकल्याण उपभोक्ता नगवा र उत्थान महिला बचत तथा ऋण सहकारी संस्था रामगढवालाई प्रशंसा पत्र प्रदान गर्नु भयो भने डिभीजन कार्यालयमा उत्कृष्ट सेवा पुर्याएका राजेश दास पटेरालाई नगद २ हजार रुपैया तथा प्रशंसा पत्र प्रदान गरिएको थियो । डिभीजन सहकारी कार्यालय पर्साका सहकारी अधिकृत दिपक ढकालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा महिला तथा बाल बालिका कार्यालय पर्साकी अधिकृत उर्वरा लुइटेल, पूर्व उपराजिष्टार रामराजा प्रसाद मेहता, कांग्रेसका प्रतिनीधि दिना प्रसाद गुप्ता, राष्ट्रिय सहकारी बिकाश बोर्डका सदस्य अरुण कुमार सिंह लगायतकाको उपस्थिती रहेको थियो । डिभीजन सहकारी कार्यालय पर्साका नायब सुब्बा दुर्गा प्रसाद जैसवालले स्वागत भाषण गर्नु भएको थियो भने कार्यक्रम संचालन अच्युत बहादुर प्रधानाङ्गले गर्नु भएको थियो ।

No comments:
Post a Comment