Pages

नेपालमा बर्डफ्लु रोगको अन्त्य भएको दावी गरिएपनि त्यसको जोखिम भन्ने अझै कायमै

वीरगंज २४ चैत/ २०१० कार्त्तिक देखि वर्डफ्लु रोग नियन्त्रण भएपनि यसको संक्रमणको अवस्था भने अझै जारी रहेको कार्यक्रममा बताईएको छ । बाँकी समाचार......
   

वर्डफ्लु रोगको रोकथाम र नियत्रणमा हामी सवैको प्रतिबद्धता भन्ने नाराका साथ एभियनर् इन्फलुएन्जा नियन्त्रण आयोजना बुढानिलकण्ड काठमाण्डौको आयोजनामा आज वीरगंज भएको पत्रकार सम्मेलनमा सहभागिताहरुले भारत, बगंलादेशमा बर्डफ्लुको उच्च जोखिम रहेकोले पन्क्षी तथा पन्क्षीजन्य सामाग्रीको आयातमा कर्डाई गरिनुपर्ने बताएका छन । तर्राईका सिमा जोडिएका जिल्लामा वर्डफ्लुको संक्रमणको संभावना सधै रहि रहने हुदा पंक्षीबाट पंक्षीमा र्सर्ने बर्डफ्लु रोग प्रति सवैले सचेत हुनुपर्ने बताउदै सहभागिहरुले खुल्ला सिमासंग जोडिएका जिल्लाहरुमा पशुपक्षी आयात नियन्त्रण गर्न चुनौती रहेको स्वीकार्यका छन । उनीहरुले श्रोत साधन र क्षमताले भ्याए सम्म यस्तो भयावह रोग नियन्त्रणमा सरकार जैले पनि लागि रहने बताउदै यस अभियानमा उद्यामी व्यवसायी, प्रहरी प्रशासन, नागरिक समाज, संचारकर्मी सवैको साझा आवश्यकता रहनेमा जोड दिएका छन । सन् १९९७ मा हंककबाट शुरु भएको बर्डफ्लु नेपालमा २००८ मा आएपनि २०१० मा यहाबाट उन्मुलन भएको दावी गर्दै क्षेत्रिय निर्देशक दिनेश पराजुलीले भारत संग सिमा भएको र त्यहा रोग देखिएकोले अझैपनि नेपाल जोखिममै रहेको जानकारी दिनुभयो । उहाले विश्वको ६८ राष्ट्रमा बर्डफ्लु देखिएको र ५ सय २२ जना व्यक्तिमा प्रभावित भएकोमा ३ सय ९ जनाको हाल मृत्यु भैइसकेको जानकारी दिनुभयो । झापा, कास्की, रुपन्देही, कैलाली, नवलपरासी, दाङ, बाके, चितवन लगातका जिल्लामा गत वर्षा बर्डफ्लु देखिएपनि सरोकार वाला निकायले त्यसको नियन्त्रणमा ल्याएको पशु उत्पादन निर्देशनायलका निर्देशक उदयचन्द्र ठाकुरले जानकारी दिनुभयो । आर्थिक दृष्टिकोणले पनि कुखुरा व्यवसायी प्रति लाखौ व्यक्ति निर्भर रहेकोले यसको सम्बद्धन विकासको लागि सवै पक्ष सम्मेदन शिल भईदिन वरिष्ट चिकित्सक दिल्लीराम सेर्ढाईले आग्रह गर्नुभयो । पशुक्वारेन्र्टाईन कार्यालय पर्साका डा.रामशरण साह खुल्ला सिमाबाट हुने प्रतिबन्धी पंक्षीतथा पंक्षीजन्य समाग्री आयतलाइ नियन्त्रण गर्न पशु क्वारेन्टाइन एक्लैले केहि गर्न नसक्ने हुदा प्रहरी प्रशासन, उद्यमी व्यवसायको सहयोग अपरिहार्य रहने बताउनु भयो । नेपाल पत्रकार महासंघ पर्साका सभासद शत्रुधन नेपालको सभापतीत्वमा भएको कार्यक्रमको स्वागत डा.दिपक सिंहले गर्नुभएको थियो ।

No comments:

Post a Comment