बीरगंज १६ चैत्र/ ठाकुराम बहुमुखी क्याम्पसको प्रशासनले प्रधानमन्त्री कोषको बोलपत्रमा अनियमित्ता गरेको भन्दै बिभिन्न बिधार्थी संगठनहरुले आज क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाएका छन । बाँकी समाचार.......
प्रधानमन्त्री कोषको १ करोड रुपैया बराबरको भवन निर्माण तथा मर्मत सम्भारको कामका लागि ठेक्का लगाउन र्सार्वजनीक रुपमा बोलपत्र गर्नुको साटो गोप्य राखेको भन्दै बिधार्थी संगठनहरुले क्याम्पस प्रमुख कृपा सिन्धु चौधरीलाई ज्ञापन पत्र बुझाएका हुन । नेपाल बिधार्थी संघ, अनेरास्ववीयु, मधेशी बिधार्थी फोरम, मधेशी बिधार्थी फोरम लोकतान्त्रीक, तराइ मधेश बिधार्थी फ्रन्ट, अनेरास्ववीयु क्रान्तिकारी, क्रान्तिकारी बिधार्थी संघले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन । प्रतिष्पर्धा नै नगर्राई गोप्य रुपमा ठेक्का दिएकाले ठेक्का खारेज गरि र्सार्वजनिक बोलपत्र मार्फ पुन ठेक्का लगाउन क्याम्पस प्रमुख चौधरी संग मागद गरिएको स्वतन्त्र बिधार्थी युनियनका सचिव राकेश यादवले जानकारी दिनु भयो । ठाकुराम बहुमुखी क्याम्पसले प्रधानमन्त्री कोषबाट प्राप्त गरेको रकमबाट निर्माण कार्यका लागि काठमाण्डौको श्रीढि बाबा कन्सट्रक्सन र बीरगंजको सिमा कन्सट्रक्सनलाई गोप्य रुपमा ठेक्का दिएको बिधार्थी नेताहरुको आरोप छ । राजधानीमा मात्र केही प्रति बिक्री हुने नेपाली भाषाको पत्रिका हिमालय टाइमस दैनिकका सुचना प्रकाशित गरे क्याम्पस प्रशासनले ठेक्कामा प्रतिशपर्धा हुन नदिएको स्वतन्त्र बिधार्थी युनियनका सचिव यादवले बताउनु भयो । तत्कालीन प्रधानमन्त्री तथा ठाकुराम बहुमुखी क्याम्पसका पूर्व बिधार्थी माधव नेपालले क्याम्पसको भौतिक संरचनाको लागि १ करोड रुपैया उपलब्ध गराउनु भएको हो ।

No comments:
Post a Comment