Pages

वीरगंजमा होली पर्व धुमधामले मनाइयो


































बीरगंज ८ फागुन/ तराइको दोश्रो ठूलो महान पर्व होली सोमबार वीरगंजमा हर्षोल्लास पूर्वक मनाईदै छ । बाँकी समाचार........




सामान्यतया फागु पूरि्णमाको भोली पल्ट तराइमा होली मनाउने चलन रहेपनि यस बर्षआइतबार परेकाले तर्राईमा सोमबार होली पर्व मनाइदै छ । आइतबार तराइमा माछामासु र मदिरा नखाने चलन रहेकाले हर्षोल्लास पूर्वक मनाउन यहा सोमबार यो पर्व मनाईदै छ । वीरगंजको होली मुलुकका अन्य सहरको तुलनामा भव्य हुने गर्दछ । यहाको होलीले मुलुककै होलीहरुमा सबैभन्दा बढि चर्चा पाउने गरेको छ । यहाको होली भोजपुरा संस्कृतिको प्रतिनिधित्व गर्ने गरेको छ । सोमबार वीरगंजको सडक अन्य दिनको तुलनामा शान्त रहेको छ । सडकमा ट्राफिक जामको समस्या छैन । सडकमा सवारी साधनको ठाउमा होली खेल्नेहरुको मात्र उपस्थिति देखिन्छ । युवाहरु मोटर साइकल र खुल्ला भ्यानहरुमा हुइकिएर होलीको आनन्द लिई रहेका छन् । सोमबार र्सार्वजनिक वीदा नभएपनि वीरगंजमा र्सार्वजनिक विदाको जस्तै माहोल छ । वीरगंज बजार पूर्ण रुपले बन्द रहेको छ । सरकारी कार्यालयहरुमा कर्मचारीको उपस्थिति न्युन छ भने सेवाग्राहीको उपस्थिति शून्य छ । नगरमा सबै खाले मजदुरहरु होली मनाउन घर फर्केकाले हाल वीरगंजमा मजदुर अभाव रहेको छ । रिक्सा चालक र ठेला चालकको समेत अभाव रहेको छ । होटेलका मजदुरपनि घर फर्केकाले होटेलहरु केही दिनदेखि बन्द रहेका छन् । दैनिक होटेलमा खाना र खाजा खानेहरुलाई समस्या भएको छ । होली पर्वका कारण यहाका प्राय सबै उद्योगधन्दाहरु बन्द रहेकाले लोडसेडिंग पनि होली भरका लागि अन्त्य गरीएको छ । प्रायः २४ सै घण्टा विद्युत रहेकाले होली मनाउन सहज भएको स्थानीय कुवेरचन्द्र गौतम बताउछन् । सोमबार बिहानैदेखि यहाका माछामासु पसलमा भिडभाड रहेको छ । चोकचोकमा मटका फुटाउने युवाहरुको समूह व्यस्त देखिएको छ । बिगतका बर्षरुको तुलनामा यस बर्षवीरगंजको होली शान्त र सालिन रहेको वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक टेमानी बताउछन् । नगरमा उद्योगी व्यवसायीको बाहुल्यता रहेको र उद्योगी व्यवसायीले शान्त, शालिन रुपमा होली मनाउने गरेकाले यहाको होली तुलनात्मक रुपमा शान्त हुने गरेको टेमानीको बुझाई छ । बिगतको तुलनामा वीरगंजमा भारतीय मजदुर घटदै गएकाले यस बर्षहोलीको अवसरमा मजदुरलाई भारुमा तलब बुझाउने समस्या भने केही कम अनुभव गरिएको उनले बताए ।

No comments:

Post a Comment