Pages

स्वर्गीय कोइरालाको प्रथम पुण्य तिथीमा रक्तदान














बीरगंज ९ चैत्र/ नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय गिरीजा प्रसाद कोइरालाको प्रथम पुण्य तिथीको अवसरमा आज बीरगंजमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । बाँकी समाचार.........




नेपाली कांग्रेस नगर कार्य समिती पर्साले बीरगंजको घण्टाघरमा आयोजना गरेको सो रक्तदान कार्यक्रमको उदघाटन नेपाली कांग्रेस पर्साका जिल्ला सभापति सुरेन्द्र प्रसाद चौधरीले स्वर्गीय कोइरालाको तस्बीरमा मल्यापर्ण गर्दै स्वर्गीय कोइरालाको जिवनीका बारेमा चर्चा गर्नु भएको थियो । नेपाली कांग्रेस नगर कार्य समिती पर्साका नगर अध्यक्ष मोहमद सहाबुदीको अध्यक्षतामा भएको उक्त रक्तदान कार्यक्रममा सुरेन्द्र चौधरी, मनोज नेपाली, अपताव मिया, बिरेन्द्र प्रसाद गौरो, पुष्प राज सापकोटा, अरबिन्द मल्लीक, मनोहर साह, शम्भु साह कानु, मुस्तफा अन्सारी, बिकाश गुप्ता लगातय ३९ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस पर्साका पूर्व सभापति राजेन्द्र बहादुर आमात्य, अजय दुवेदी लगायत कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment