बीरगंज ६ फागुन/ वीरगंजमा आइतबार होली पर्व हर्षोल्लासका साथ मनाईदैछ । बाँकी समाचार...........
मुलुकका पहाडी जिल्ला तथा राजधानीमा समेत यो पर्व शनिबार मनाइएकोमा तराइमा भने आइतबार यो पर्व मनाईदैंछ । यस बर्षतर्राईको होली आइतबार परेकाले कतिपयले सोमबार यो पर्व मनाउने भएका छन् । आइतबार माछा मासु र मदिरा आदि पिउने चलन नभएकाले रमाइलो गरी मनाउन सोमबार होली मनाउने योजना अधिकांशको छ । यस बर्षतर्राईमा तीन दिन यो पर्व मनाइदैछ । शनिबारदेखिनै विशेषगरी युवा युवती र बालबालिकाहरुलाई होली पर्वले छोई सकेको छ । यस बर्षो होलीमा अघिल्ला बर्षा होली जस्तो अप्रिय घटनाहरु भएका छैनन् । पर्सा प्रहरीले पनि र्सवसाधारणलाई संयमित र सभ्य ढंगले होली मनाउन आग्रह गरी सकेको छ । शनिबार पहाडी समुदायको मात्र भनिए पनि तराइ मुलका युवाहरुले पनि यो पर्व मनाए भने आइतबार र सोमबार पनि पहाडी मुलकाले मनाउने भएकाले वीरगंजको होली पूर्ण रुपले समावेशी भएको छ । माछा मासु, चिसो पेय पदार्थ, मिर्ठाई आदिको बजार ह्वात्तै बढेको छ । परिवारका सदस्य, इष्टमित्र तथा आफन्तहरु एकै थलोमा भेलाभई हर्षोल्लासपूर्व यो पर्व मनाइ रहेका छन् ।

No comments:
Post a Comment