Pages

कलेजमा रक्तदान कार्यक्रम सम्पन्न

बीरगंज १२ चैत्र/ बीरगंज पब्लिक कलेजको १० औ बाषिर्कोत्सव तथा बुद्ध युथ कल्वको दोश्रो बाषिर्कोत्सवको उपलक्ष्यमा संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बाँकी समाचार.........
   

बीरगंज पानीटंकी स्थित बीरगंज पब्लिक कलेजले आफ्नै प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रमको उदघाटन कलेजका निर्देशक डा.दिपक शाक्यले गर्नु भएको सो रक्तदान कार्यक्रममा प्रिया अग्रवाल, शोभा साह, निधी अग्रवाल, प्रिती प्रिया सिंह, अनिता साह, दिपीका ताम्राकार, अनामिका भट्टाचार्य, आशुतोष श्रेष्ठ, निरन्जन कुमार सिंह, राजिव कुमार गुप्ता, धिरज कुमार साह, मनिस कुमार चौधरी, प्रबिण कुमार पाण्डे, सतिश कुमार चौधरी लगातयका महिला तथा पुरुष गरि ४३ जनाले रक्तदान गरेका छन । दिन प्रतिदिन रक्त संचार केन्द्रमा रगतको अभाव भइरहेको कारण उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको कलेजका शिक्षक रबि दाहालले बताउनु भएको छ । कल्वका अध्यक्ष अजय कुमार ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा कल्वका उपाध्यक्ष राकेश ठाकुर, कोषाध्यक्ष जयप्रकाश ठाकुर, सचिव मरगुव अंसारी, सहसचिव निरन्जन कुमार साह लगायत स्थानिय संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment