Pages

परिक्षा केन्द्रबाट २ जना निरीक्षक सहित ८० थान मोवाइल जपत

बीरगंज ११ चैत्र/ प्रवेशीका परिक्षाको क्रममा आज बाराको कलैया स्थित श्री तीनचन्द्र उच्च माध्यमिक बिधालय परिक्षा केन्द्रबाट २ जना निरीक्षकलाइ निशकाशन गरिएको छ । बाँकी समाचार..........
   

चिट चोर्न सहयोग गर्ने कार्यमा संलग्न रहेको भन्दै दुर्गा पौडेल र बसन्त घिमिरेलाइ निशकासन गरिएको हो । गंजभवानीपुर स्थित भोला माध्यमिक बिधालयबाट २ जना नक्कली निरीक्षक समेत पक्राउ परेका छन । पक्राउ पर्ने नक्कली निरीक्षकहरुमा राकेश कुश्वाहा र बच्चु यादव रहेका छन । त्यस्तै कलैयाका परिक्षा केेन्द्रहरु नजिकै प्रश्न पत्र र गेस पेपरको फोटो कापी गरिरहेको अवस्थामा ४ वटा फोटो कापी मेशिन प्रहरीले नियन्त्रणमा लिएको छ । सिदेश्वर माध्यमिक बिधालय परिक्षा केन्द्रबाट प्रहरीले परिक्षामा अमर्यादीत बनाउन खोजने अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मुकेश साह र अनेस्वबियुका जिल्ला अध्यक्ष इमरानलाइ नियन्त्रणमा लिएको छ । लिपनीमाल स्थित भोज भगत उच्च माध्यमिक बिधालयबाट ५१ र बकुलीया उच्च माध्यमिक बिधालयबाट २९ वटा मोवाइल अनुगमन टोलीले नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment