वीरगंज २७ फागुन/ नेपाल टेलिकम बीरगंज शाखाको कमजोर ब्यवस्थापनका कारण महशुल्क बुझाउन पुग्ने ग्रहकहरु पिडीत बन्न पुगेका छन । बाँकी समाचार...........
टेलिकमले प्रदान गर्ने आधारभुत टेलिफोन सेवा र एडिएसएल सेवाको महशुल्क बुझाउन आज बिहान १० बजे देखि टेलिकमको काउन्टरमा लाम लागेका ग्राहकहरु बिहान पवने ११ बजे सम्मपनि कर्मचारी नआएपछि पिडीत बनेका हुन । टेलिकमका ग्रहकहरुले टेलिकमका महशुल्क काउन्टर आज बाहेक अन्य दिन बिहान १० बजे देखि दिउसो २ बजे सम्म खोल्न समय तोकिएपनि टेलिकमका कर्मचारीहरु १० बजेर ४० मिनेट पुगेपछि मात्र १/१ गरि काउन्टरमा आइपुग्ने गरेको बताए । काउन्टरमा पुगेपछि पनि कम्प्युटर सिस्टमलाइ चालु अवस्थामा ल्याउन कम्प्युटर सफागर्न र प्रिन्टरमा कागज लोड गर्न काम गर्नका लागि १० मिनेट समय लाग्ने भएकोले करिब ११ बजेबाट मात्र महशुल्क बुझने काम सुरु हुने गरेको छ । टेलिकम शाखाका प्रवन्धक रामाकान्तलाल कार्णले कर्मचारीहरु कार्यालय नआएका कारण काउन्टर खुल्न ढिलाइ भएको बताउनु भयो । ढिलो गरि कार्यालय आउने कर्मचारीहरु दिउसो २ बजे पछि समय सकिएको भन्दै महशुल्क बुझने आनाकानी गरेको र्सबसाधारण ग्राहकहरुको गुनासो रहेको छ ।

No comments:
Post a Comment