Pages

गाउलेद्वारा कार्यालय तोडफोड गर्दै तालाबन्दी

वीरगंज २७ फागुन / बाराको डुमरवानामा रहेको हलखोरिया साझेदारी बन ब्यवस्थापन कार्यालय तोडफोड गर्दै गाउलेहरु आज बिहान तालाबन्दी गरेका छन् । बाँकी समाचार...........
   

साझेदारी बन ब्यवस्थापन समितीका पदाधिकारीको संलगनतामा काठ तस्करी भएको भन्दै गाउलेहरुले आज बिहान कार्यालय तोडफोड गर्नुका साथै तालाबन्दी गरेका हुन । तालाबन्दीका क्रममा गाउलेहरुका समुहले हलखोरिया साझेदारी बन ब्यवस्थापन समितीका अध्यक्ष अभिमन्यु बहादुर क्षेत्री र छबिराज ढुङगेल माथि हातपात गरि सामान्य घायते बनाएका छन । गाउलेहरु २ दर्जन साइकल र एक दर्जन कुर्सी समेत लेटेर लगेको सा"झेदारी बन ब्यवस्थापन समितीले जनाएको छ । गाउलेहरुले गएराती हलखोरिया साझेदारी बन ब्यवस्थापन समितीका कर्मचारी र पदाधिकारीहरुले स्थानिय जंगलबाट अबैध रुपमा फडानी गरि लैजादै गरेको अवस्थामा ट्रयाक्टरमा रहेको १४ थान सालको गोलिया नियन्त्रणमा लिएका थिए । साझेदारी ब्यवस्थापन समितीका पदाधिकारी र कर्मचारीहरुले जंगलबाट काठ तस्करी गर्दै आएको स्थानिय बासिहरुको आरोप रहेको छ । काठ र ट्रयाक्टर गा"उलेहरुको नियन्त्रणमा रहेको बताइएको छ ।

No comments:

Post a Comment