Pages

सुरक्षाको माग गर्दै जुलुश प्रदर्शन

वीरगंज २२ फागुन/ जिल्ला मालपोत कार्यालय बाराका नायब सुब्बा माधव थापाको हत्या भएको तेह्रौ दिनको पून्यतिथीमा आज बाराको कलैयामा निजामति कर्मचारीहरुले श्रद्धान्जली सभा तथा सुरक्षाको माग गर्दै जुलुश प्रदर्शन गरेका छन् । बाँकी समाचार..........
   

जिल्ला मालपोत कार्यालय बाराबाट प्रारम्भ भएको कर्मचारीहरुको जुलुशले थापाको हत्याभएको १३ दिन बितिसक्दा समेत दोषीलाई पक्राउ गर्न नसकेको र कर्मचारीहरु थप अझै असुरक्षित बन्दै गएको भन्दै सुरक्षाको माग गर्दै प्रहरी प्रशासनको बिरोधमा नाराबाजी गरेका थिए । यसैबिच थापाको हत्यापछि बाराको कलैयामा भुमिगत समुहको चन्दा आतंक झन् बढेको छ । भुमिगत समुहका नेता कार्यकर्ताहरुले बिषेशगरी जिल्लाका सरकारी कार्यालयका कर्मचारी र उद्योगी ब्यापारीहरुलाई टेलीफोनगरी ज्यानमार्ने धम्किदिदै चन्दा असुल्ने क्रम त्रि्रपारेका छन् । भुमिगत समुहको टेलीफोन धम्कि र चन्दाआतंकको कारण मानसिक तनाबमा कामगर्नु परेको जिल्लाका कर्मचारी तथा उद्योगी ब्यबासायीहरुले बताएका छन् । स्थानिय प्रहरी प्रसासनले सुरक्षा ब्यबस्था कडा पारेको दाबी गरेपनि थापाको हत्यापछि भुमिगत समुहहरुको आतंक बढेको कारण कर्मचारीहरु जिल्लामा बस्न नसक्ने स्थिती सिर्जना भएको जिबिस बाराका एक अधिकृतले आफ्नो नाम उल्लेख नगर्नै र्सतमा बताएका छन् । बारा मालपोत कार्यालयका कर्मचारी थापालाई दुइसाता अघि घरमा टिभी हेरी बसिरहेकैबेला भुमिगत समुहले गोली प्रहार गरी हत्या गरेको थियो । हत्यामा सम्लग्न भएको आशंकामा प्रहरीले १० जनालाई पक्राउ गरी थप अनुसन्धान गरीरहेको छ ।

No comments:

Post a Comment