वीरगंज १९ फागुन/ नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजका मेडकल सुपरिटेन्डेन्टले गोप्य रुपमा सात जना नया कर्मचारीलाई नियुक्ती गर्न खोजेको भन्दै स्थानियवासीहरुले विरोध गर्दा अस्पताल क्षेत्रमा केहि बेर तनावको सृजना भएको थियो । बाँकी समाचार........
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डाक्टर विद्यापति कण्ठले अवकाश हुने अन्तिम दिन आज सुनीयोजित रुपमा ७ जना कर्मचारी नियुक्ति गर्न थालेकोले स्थानिय राजेशमान सिंह लगायतका व्यक्तिहरुले विरोध जनाउदा तनावको स्थिती सृजना भएको हो । डाक्टर कण्ठले यो भन्दा अगाडी पनि अस्पताल विकास समिती अन्तगतको प्रकृयालाई लत्याउदै १० जना कर्मचारी नियुक्ती गरेको अस्पताल विकास समितीका अध्यक्ष मोहमद सतार मंसुरले बताउनु भएको छ । नेपाली कांग्रेस पार्टीका वीरगंज नगर प्रमुख मोहमद साबुद्दिनले डाक्टर कण्ठलाई आफनो पक्षमा पारेर ७ जना नया कर्मचारीलाई भर्ना गर्न दबाब दिएकोले आफना पक्षका व्यक्तिहरुलाई पनि कर्मचारीमा नियुक्ती दिनुपर्ने मागराखी स्थानिय राजेशमान सिंहले डाक्टर कण्ठलाई भन्दा दुइ पक्ष विच तनाव उत्पन्न भएको थियो । यसअघि डाक्टर कण्ठले प्रक्रिया नपुर्याई नियुक्ती दिएका कर्मचारीको विषयमा समेत जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेपछि प्रमुख जिल्ला अधिकारी नागेन्द्र झा सहित बसेको र्सवदलिय बैठकपछि प्रकृया नपुर्याएका कर्मचारी नियुक्ती खारेज गर्न समेत अस्पताललाई आदेश दिएको थियो । अवकास हुन थालेका डाक्टर कण्ठले पुन नया कर्मचारी नियुक्ती गर्न थालेकोले उहाको नियत सहि नभएको अस्पताल समितीका अध्यक्ष मोहमद सतार मंसुरले बताउनु भएको छ ।

No comments:
Post a Comment