Pages

रेडक्रसको कारण समाजमा शान्ति सुरक्षा स्थापनामा सहयोग पुगेको - प्रजिअ झा

वीरगंज १९ फागुन/ पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले समाजिक सेवामा योगदान पुर्‍याएको रेडक्रसको कारण समाजमा शान्ति सुरक्षा स्थापना गर्नमा सहयोग पुगेको बताउनु भएको ।बाँकी समाचार........
 

नेपाल रेडक्रस सोर्साईट पर्सा शाखाको ४३ जिल्ला सभा आज वीरगंजमा सम्पन्न भएको बीरगंज उद्योग वाणिज्य संघको सभाहलमा आयोजित उदघाटन समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी झाले शान्ति सुरक्षाको अतिरिक्त कानुनी प्रकृया अगाडी बढाउने सवालमा समेत रेडक्रसले गरेको कामबाट सहयोग पुगेको बताउनु भयो वहाले रेडक्रसका सात सिद्धान्त अंगिकार गर्दै अगाडी बढी रहेको रेडक्रसको विस्तार प्रत्येक गाउ गाउमा पुग्नु पर्छ भन्ने कुरामा जोड दिनु भयो नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष श्याम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वर्गिय भुपेन्द्र लाल नेपाली स्मृति कोष पुरस्कार सस्थामा विशेष योगदान पुर्‍याएका रेडक्रस पर्साका पूर्व सभापती रामबहादुर थापालाई दोसल्ला ओर्ढाई सम्मानित गरिएको थियो कार्यक्रममा रेडक्रसका मन्त्री फुलमहद मियाले संस्थाको वाषिर्क प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने रेडक्रसका सहकोषाध्यक्ष शैलेन्द्र चौरसियाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो उदघाटन समारोहमा आईसिआर सिका मनिष दास, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अशोक तिवारी, रेडक्रसका सल्लाहकार्र इश्वरचन्द गौत्तम, लक्ष्मी नेपाल, उपशाखाका सभापतीहरु मदन प्रसाद गुप्ता धमेन्द्र भटर्राई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो रेडक्रस सोसाइटीबाट आजिवन सदस्यता प्राप्त गर्ने विभिन्न व्यक्तिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो संस्थाकी उपाध्यक्ष मधु राणाले स्वागत भाषण दिनु भएको थियो भने कार्यक्रम संचालन संस्थाका सहमन्त्री बिनोद मेहताले गर्नु भएको थियो

No comments:

Post a Comment