वीरगंज १० चैत्र/ वीरगंज बजार इलाकामा कुनै पनि लुटपाटको घटना घटाउने उद्देश्यले हात हतियार सहितको अपराधीका समूहका ३ जना व्यक्तिहरु पर्सा प्रहरीले पक्राउ गरेको छ । बाँकी समाचार..........
लुकिछिपी हिडिरहेको अवस्थामा सुराकीले दिएको सूचनाको आधारमा अपराध रोकथामको लागि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक मंजिल मुकारुङको नेतृत्वमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले चेकजाचको क्रममा परिचालन गरी खोजतलासको क्रममा हिजो साझ वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १६ तेजारथ टोलस्थित राजेश विक्रम शाहको रक्सी मासुको नास्ता पसलबाट उनीहरुलाइ पक्राउ गरको हो । पक्राउ पर्नेमा बारा जिल्ला इनर्वासिरा गाविस वडा नम्बर ६ बस्ने बर्ष३५ को हृदय नारायण यादव, बारा फत्तेपुर गाविस वडा नम्बर ७ बस्ने २२ बषिर्य विनोद राम र सोही गाविस वडा नम्बर ४ बस्ने २२ बषिर्य नन्दकिशोर सहनीलाई शंकालागि निजहरुको शरीर तथा बोकी आएको झोला समेत चेकजाच गर्दा सो झोला भित्रबाट १ राउण्ड गोली लोड रहेको अवस्थामा नल कटुवा बन्दुक १ थान र नन्द किशोर सहनीको साथबाट सोही नल कटुवा बन्दुकमा फिट हुने थ्रिनटथ्रि राइफलको २ थान गोली बरामद भएको जनाइएको छ । पक्राउ परेका ब्यक्ति सहित बरामद गरिएको सामान आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठले बताउनु भएको छ ।

No comments:
Post a Comment