Pages

एसएलसी परिक्षावाट १३ जना बिधार्थीहरु निशकाशीत














बीरगंज ११ चैत्र/ यस बर्षको एसएलसी परिक्षा अन्तरगत आज नेपाली बिषयको परिक्षा सम्पन्न भएको छ । बाँकी समाचार..........
   

मुकुल भर एसएलसी परिक्षामा गरि नियमित तथा एकजाम्टेड गरि ४ लाख ९६ हजार २ सय ४३ परिक्षार्थीहरु सहभागि रहेका छन । आज पनि पर्सा र बाराको परिक्षा केन्द्रमा अनियमित्ता भएको पाइएको छ । पर्सा सदर मुकाम बीरगंजका ३ वटा परिक्षा केन्द्रबाट १३ जना निशकासनमा परेका छन । माइस्थान बिधापिठ माध्यमिक बिधालयबाट राजेशवर प्रसाद गुप्ता, उमा कुमारी र कन्या माध्यमिक बिधालयबाट सुजित कुमार चौरसिया, लालसा कुमारी चौरसीया, मुकेश मण्डल धर्मेन्द्र यादव र अंकित कुमार गुप्ता निशकाशनमा परेका छन । त्यस्तै पन्नालाल माध्यमिक बिधालयबाट कबिता चौधरी, सन्देश महतो, इरिया श्रेष्ठ, अमजत अंसारी, बेस प्रकाश गुप्ता, रुकमान्नधर मियाँ अंसारीलाइ परिक्षामा चिट चोरी रहेको अवस्थामा प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाको नेतृत्वमा रहेको अनुगमन टोलीले पक्राउ गरेको हो । त्यस्तै प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठले परिक्षा केन्द्र बाहिर बासेर चिट चोर्न सहयोग गरिरहेको ४ जनालाइ पक्राउ गर्नु भएको छ । अनुगमन टोलीले बीरगंजका बिभिन्न परिक्षा केन्द्रहरुबाट बिधार्थीको साथबाट फेला पारेको १३ थान मोवाइल समेत जपत गरेको छ ।

No comments:

Post a Comment