वीरगंज १० चैत्र/ क्रेटिभ सर्भिसेज प्रा.लि. वीरगन्जले महिलाहरुको शीप विकास गर्ने उद्देश्यले आज देखि ५ दिने जीवन उपयोगी सीप तालिम कार्यक्रम आयोजना गरेको छ । बाँकी समाचार..........
श्रीपुर स्थित लघु व्यावसायिक परामर्श केन्द्रको सभाहलमा आयोजना गरिएको सो तालिम कार्यक्रममा वीरगन्जका ग्रामीण तथा नगर क्षेत्रका १६ बर्षदेखि २४ बर्षम्मका व्युटिसियन एवम् सहायक व्युटिसियन तालिम प्राप्त २१ जना महिलाहरुको सहभागिता रहेको छ । आयोजित तालिममा सचेतना, लैगिंक शिक्षा, युवा अवस्था प्रजनन स्वास्थ्य, संचारसीप, निर्णय प्रक्रिया, लक्षण निर्धारण, व्यवस्थापन, शोषण सम्बन्धमा सहभागी महिलाहरुलाई मनो सामाजिक रिर्सच एण्ड तालिम इन्सिच्यूट अर्न्तर्गत नामक संस्थाबाट तालिम प्राप्त प्रशिक्षक क्रेटिभ सर्भिसेजका अंजिता श्रेष्ठ एवम् बर्षा घिमिरेले तालिम प्रदान गरिरहनु भएको जनाइएको छ ।

No comments:
Post a Comment