बीरगंज ९ चैत्र/ जिल्ला बिकाश समिती पर्साबाट सरुवा भएका स्थानिय बिकाश अधिकारी रामाधिन प्रसाद यादवलाइ थमौली गर्नु पर्ने भन्दै दवाव श्रृजना गर्न कार्यालयमा ताल्चा बन्दी गरिएको छ । बाँकी समाचार.........
नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्र प्रसाद चौधरी समुह एवम् भ्रष्ट अधिकारी सरुवा हुनु पर्ने भनि लगाइएको ताला तोडेका नेपाली कांग्रेसका सभासद अजय दुवेदी समुह बिचको तनावका कारण २ दिन देखी जिल्ला बिकाश समितीको काम काज ठप्प भएको छ । जिल्ला बिकाश समिती प्रतिनीधि चयन तथा ठेक्काको काम काज आ-आफनो कार्यकर्ताले पाउनु पर्ने भन्ने बिवादका कारण उत्पन्न भएको झगडाले उग्र रुप लिए पश्चात स्थानिय बिकाश अधिकारी यादवको सरुवाको बिषयमा हलो अडकाएको बताइएको छ । जिल्लाको बिकाश निर्माणका काममा चतुर्याइका साथ भ्रष्टाचार गर्दै आएका अधिकारी यादव बिरुद्ध नेपाली कांग्रेसका सभासद अजय दुवेदी तथा मधेशी जनअधिकार फोरम नेपालका शशि कपुर मिया" लगायतकाले मन्त्रालयमा बिरोध जनाइ सरुवा गराए पश्चात अधिकारीको सरुवा थमौली गर्न नेपाली कांग्रेस जिल्ला सभापति सुरेन्द्र चौधरी, मधेशी जनअधिकार फोरम नेपालका जिल्ला उपाध्यक्ष प्रदिप यादव लगायतले दवाव श्रृजना गर्न सो तालाबन्दी गरेको बताइएको छ । चैत्र ४ गते बिहान ११ बजे चौधरी समुह द्धारा लगाइएको ताला स्वबियुका नबिन सिंह तथा फोरम नेपालका मंसुर मिया द्धारा तोडीए पश्चात दुबै समुह बिच तनाव श्रृजना भएको थियो । सो विवादमा तत्काल पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाको उपस्थिती बिच लेखा शाखामा मात्र ताला बन्दी गरि अन्य काम काज हुन दिने सहमति भए पनि हिजो देखि लेखा शाखामा तालाबन्दीका बावजुद चौधरी समुहले जिबिसका कर्मचारीहरुलाइ काम काज गर्न न दिइ अवरोध पुर्याएको बताइएको छ । दुइ दिन देखि ठप्प भएको जिल्ला बिकाश समितीको कामले पर्साका जिल्ला बासीहरुलाई ज्यादै मर्का परेको बताएकँ छन । जुगांको लडाइको रुप लिएको स्थानिय बिकाश अधिकारीको यस सरुवा प्रकरणमा बहु संख्यक सभासद पार्टीका नेताहरुले स्थानिय बिकाश अधिकारी यादवको सरुवा हुनु पर्ने माग अघि सारेका छन ।

No comments:
Post a Comment