वीरगन्ज २ चैत्र/ नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष सरिता गिरीले आफ्नो पार्टीका मानर्थ अध्यक्ष तथा पुर्ब सांसद श्रीमति अनन्दी देवी सिंहको मृत्यु अस्वावाभिक रहेको कुरा आज रिपोर्टस क्लब नेपाल पर्सा द्धारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले स्व.आनन्दी देवीकै घर परिवारका सदस्य यसवन्त सिहं र उनकी पत्नि सबिता सिंहका कारण नै उहांको मृत्यु भएको समेत बताउनु भयो । बाँकी समाचार........
उक्त मानर्थ अध्यक्ष सिहंलाई मृत्यु हुनु भन्दा अगावै चार दिन देखि खान समेत नदिएको कारणबाट उहाको मृत्यु भएको कुरा पनि राष्ट्रिय अध्यक्ष गिरीले कार्यक्रममा भन्नु भयो । साथै राटि्रय अध्यक्ष गिरीले सोही बिषयलाई लिएर सर्बोच्च अदालतमा रिट दिएकोमा सर्बोच्चले स्थानीय निकायलाई हेरचाहको जिम्मेवारी समेत दिएको भएपनि सर्बोच्च अदालतको समेत फैसलालाई कसैले कार्यान्वयन नगरेका कारण पनि उहाको मृत्यु हुन गएको कुरा बिशेष साक्षात्कार कार्यक्रममा राष्ट्रिय अध्यक्ष गिरीले दाबी समेत गर्नु भएको थियो । सिहंको मृत्युको सम्पुर्ण परिबेशको जाचबुझ गरी सत्यतथ्य जनता समक्ष ल्याउनुको साथै दोषीलाइ कडा कारबाही गर्नका निम्ती पार्टी नेपाल सरकार सग उच्च स्तरीय एउटा स्वतन्त्र न्यायिक छानबिन न्यायिक आयोगको गठनको माग समेत गर्ने कुरा बताउनु भएको छ । त्यसै गरी पार्टीलाई निबाचन आयोगमा गिरिजा सरकार र माधव सरकारले बेलाबतमा पार्टी टुक्रयाउने र पार्टीलाई बदनाम गराउने खेल खेलेको आरोप समेत अध्यक्ष गिरीले उक्त कार्यक्रममा लगाउनु भयो । कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष रामनारायाण पाण्डे, महासचिव म.कदम रसुल, महिला मञ्चका केन्द्रिय उपाध्यक्ष श्रीमति सकिला बेगम र चन्द्रभुषण साह समेत रहनु भएको थियो ।

No comments:
Post a Comment