बीरगंज ३ फागुन/ पर्साका प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठले होलीलाई रमाईलोका लागी मात्रै नभई मित्रता र सद्भावका लागी मनाईनु पर्नेमा जोड दिनु भएका छ । बाँकी समाचार........
फागु पूणिर्माको अवसरमा क्रियासिल युवा पत्रकार मंच नेपाल पर्साले बिहिबार वीरगंजमा आयोजना गरेको शुभ कामना आदान प्रदान तथा होली मिलन समारोहमा बोल्दै वक्ताहरुले फागु पुर्णीमा तराइका समुदायको छठ पछिकै महान पर्व भएकाले सवै समुदायका मानिसहरुले एक आपसमा मिलेर हर्षोल्लासका साथ मनाउनु पर्नेमा जोड दिएका थिए । होलीमा हुने विभिन्न विकृती बाट भने समाजलाई जोगाउनु पर्ने उनीहरुको धारणा रहेको थियो । क्रियासिल युवा पत्रकार मंचका अध्यक्ष प्रणय कुमार साहको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका सभापति अशोक तिवारी, महासंघ पर्साका सल्लाहाकार केशी लामीछाने, वीरगंज उद्योग वाणिज्य संघका महासचिव सुबोध गुप्ता, नेपाल चलचित्र पत्रकार संघ पर्साका अध्यक्ष विवेक खतिवडा, फोमन पर्साका अध्यक्ष महेसचन्द्र गौतम, राष्ट्रिय सरोकार मंचका अंचल संयोजक नन्द किशोर गोयल, समाजसेवी पशुपति विक्रम शाह, उषा शाह लगायतकाले होलीको महत्व बारे प्रकाश पार्दै शुभकामना व्यक्त गरेका थिए । मंचका सचिव नरेश र्सराफले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन महासचिव अलिअसगर देवानले गर्नु भएको थियो । कार्यक्रममा पर्सेली संचारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको सो समारोहमा एक आपसमा अविर लगाई तथा नाच गान गरी होली मनाएका थिए ।






No comments:
Post a Comment