वीरगन्ज २ चैत्र/ पर्सेली साहित्य समाज वीरगन्जले आज स्थानीय घण्टाघरमा स्वर्गीय लेखक, साहित्यकार डायमण्ड समशेर जंग बहादुर राणाको तेह्रौ पुण्य तिथीको दिनमा एक श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्यो । बाँकी समाचार........
लेखक नन्दकिशोर गोयलको सभापतित्वमा गरिएको सो श्रद्धाञ्जली कार्यक्रममा डा. विश्वम्भर शर्मा, महेशचन्द्र गौतम, यमुना प्रधाना, विनोद तिमिल्सिना, गंगा बहादुर थापा, बलदेव उपाध्याय, विगा राउत गदी, डा. शशी भूषण वर्णवाल, अनुराणा, हेमन्त चालिसे, कन्हैया गुप्ता लगायतले शोक मन्तव्य व्यक्त गर्नुका साथै स्वर्गीय राणाको तस्वीरमा माल्यार्पण समेत गरेका थिए । सो बखत स्वर्गीय राणाको वसन्ती, सेतो बाघ लगायतका १ दर्जन कृतिका बारेमा चर्चा समेत गरिएको थियो । १ मिनट मौन धारण गरी मृत आत्माको चिरशान्तिको कामना गरी कार्यक्रम आरम्भ गरिएको सो श्रद्धाञ्जली कार्यक्रमलाई प्रभात काव्य यात्राका संयोजक अरुण विक्रम शाहले संचालन गर्नुभएको थियो ।

No comments:
Post a Comment