बीरगंज १७ फागुन/ पर्साको ठोरी गाविस-५ हनुमाननगरमा आज बिहान आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । बाँकी समाचार........
इलाका प्रहरी कार्यालय ठोरीका अनुसार स्थानीय रहमान जिम्बाको घरबाट आगो सल्किएको थियो । खाना पकाउने क्रममा बिहान आगो निभाउन बिर्सदा आगलागी भएको र आगलागीबाट सोही ठाउँका स्थानीय पदमबहादुर पाण्डे, तीर्थबहादुर पाण्डे र चोलाबहादुर पाण्डेको घर तथा गोठ जलेर नष्ट भएको हो । आगलागीबाट लत्ताकपडा, धान, चामल, भाँडाकुँडा लगायतका सामग्री जलेर करिब २० लाख रुपैयाँको क्षति भएको प्रहरीले जानकारी दिएको छ । बिहान भएको सो आगो दिउँसो करिब साढे २ बजे स्थानीयवासी, प्रहरी र रेडक्रमको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

No comments:
Post a Comment