Pages

शिवरात्री पर्व मनाईंदै

बीरगंज १८ फागुन/ आज महाशिवरात्री पर्व, आराध्यदेव भगवान शिवको पुजा आराधना गरी देशभर मनाईंदै बाँकी समाचार........
 

हिन्दु धर्मावलम्बीहरुले आज विहानैबाट नदी, कुण्ड तालतलाउमा स्नान गरी विभिन्न शिबमन्दिर, शिवलिंग एवं शिवालयमा गई श्रद्वाभक्ति पूर्वक पुजा आराधना गरी शिवरात्री मनाइरहेका छन् संहारकर्ता भगवान शिवजी उत्पत्ति हुनभएको रातको नामबाट नामकरण भएको शिवरात्रीलाई कालरात्री, मोहरात्री सुखरात्री पनि भन्ने गरिन्छ फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पुर्ण दिनदुखी कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरुको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिन रुपमा पनि लिइन्छ व्रतहरुमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन आज भक्तजनहरु शुद्व भई भगवान शिवको मन्दिरमा गई पुजाआजा गरि व्रत बस्ने भगवान शिवको प्रियवस्तु दुध, धतुरो बेलपत्र चढाउने गर्दछन आजको दिन भग्वान शिवलाई एकदम जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ त्यसै आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ त्यस्तै भगवान शिवजीको दर्शन गर्न शिवरात्रीको मेला भर्न आज पशुपतिनाथ मन्दिरमा देशभर तथा छिमेकी राष्ट्र भारतबाट आएका तिर्थयात्रीको घुइचो लागेको राष्ट्रिय सांस्कृतिक पर्वका रुपमा रहेकाले यो दिन आज पशुपतिनाथमा रात चार प्रहरमा चार प्रकारका पुजाका अतिरिक्त महादिप, अखण्डदिप, लक्ष्यबत्ति तथा दिपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ भने कैलाशकुट किरातेश्वर संगित आश्रममा शास्त्रीय नाचगान गरिन्छ त्यस्तै पशुपतिनाथको मेला भर्न आउने भक्तजनहरुको सुविधाका लागि यसपाली उचित व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषको दावी भक्तजनहरुको सुविधालाई मध्यनजर गर्दै आज गौशाला, बत्तिसपुतली, चावहिललगायतका क्षेत्रमा यातायातका साधन चल्न दिइएको छैन त्यस्तै मेलामा हुनसक्ने आपराधीक क्रियाकलाप रोक्न ठुलो संख्यामा सुरक्षाकर्मीको परिचालन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको बीरगंजमा पनि शिवरात्री पर्व मनाइदै बीरगंजको अलखिया मठमा शिवरात्री पर्व मनाउन आराध्यदेव भगवान महादेवको पुजा गर्न बिहानैदेखी भक्तजनको भिड त्यस्तै कलैयास्थित सिद्धेश्वरमा पनि भक्तजनको घुइचो

No comments:

Post a Comment