Pages

दुतावासले पत्रकार महासंघलाई ६८ रनले पराजित गरेको

खेल समाचार
वीरगंज २८ फागुन/ नेपाल पत्रकार महासंघ पर्सा शाखा र भातीय महावाणिज्य दुतावास बीचको मैत्रीपुर्ण ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा भारतीय महावाणिज्य दुतावासले पत्रकार महासंघलाई ६८ रनले पराजित गरेको छ । बाँकी समाचार...........

   

बीरगंजको नारायणी रंगशालामा भएको खेलमा दुतावासले पत्रकार महासंघलाइ पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको दुतावासले महासंघको सामु् २०२ रनको चुनौति दिएको थियो । जवाफि ब्याटिङमा उत्रेका महासंघको टोलीले केबल १३४ रन बनाए पछि खेल दुतावासले जितेको हो । आजको खेलमा दुतावासका बिमल गुरुङ म्यान अफ दि म्याच र बेस्ट ब्लर घोषित हुनु भएको छ । बेस्ट ब्याटस म्यानमा पत्रकार महासंघको बिजय श्रेष्ठ घोषित हुनु भएको छ ।

No comments:

Post a Comment