Pages

रेडक्रस द्धारा पत्रकार सम्मेलन













वीरगन्ज २ चैत्र/ नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले आज पत्रकार सम्मेलनको आयोजना गरी प्राकृतिक आपतहरुको असह्य-पीडामा जीवन मरणको लडाइ लगिरहेका जापानका भूकम्प, सुनामी र विष्फोट पीडित मानिसहरुलाई यस दुःखद घडीमा सहानुभूति पूर्वक सहयोग गर्न सवै र्सवसाधारणलाई आव्हान गरेको छ । बाँकी समाचार........




पत्रकार सम्मेलनमा आर्थिक विपतिमा परेका पीडितहरुको पीडा कम गर्न अर्थ संकलन गरी संकलित रकम पीडित मानिसहरुसम्म पुर्‍याउन नेपाल रेडक्रस सोसाइटीले पहल गरेकोमा सो कार्यमा मानवीय धर्म निर्वाह गर्न आव्हान गरेको छ । सरकारी, गैर सरकारी संघ संस्था कार्यालय, शिक्षण संस्था, उद्योग, व्यवसायी, प्रतिष्ठान तथा राजनैतिक दल र तिनका भातृ संगठनले आफु मातहतका कर्मचारी, स्वयमसेवक पदाधिकारी वा सदस्यहरु समेतबाट चन्दा संकलन गरी रेडक्रस मार्फ जापानका पीडित मानिसहरुलाई सहयोग गर्न समेत आग्रह गरेको छ ।

No comments:

Post a Comment