Pages

ज्वेलर्सका संचालक माथि धारिलो हतियार प्रहार

वीरगंज २२ फागुन/ जिल्ला प्रशासन कार्यालय पर्सा अगाडी रहेको हिरा अलंकार ज्वेलर्सका संचालक माथि एक हतियारधारि समुहले धारीलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएको छ । बाँकी समाचार..........
  

घाइते हुनेमा वीरगंज १२ रानीघाटका ज्वेलर्सका संचालक गणेश र्सराफ रहेको पर्सा प्रहरीले जानकारी दिएको छ । उनलाइ ४/५ जनाको समुहमा आएका व्यक्तिहरुले बन्चरो प्रहार गरी गम्भिर र्घाईते बनाएको र ज्वेलर्सका महत्वपुर्ण गर गहनाहरु पनि चोरी गरी लगेको पिडितका परिवारले जनाएका छन् । आज दिउसो साढे एक बजे पाउजु बनाउने बहानामा पसलमा प्रवेश गरी पसलमा एक्लै रहेका र्सराफलाई पाउजुका नमुनाहरु देखाउन लगाएपछि सोहि क्रममा अचानक र्सराफको टाउकोमा बन्चरो प्रहार गरी गम्भिर र्घाईते बनाएका हुन । घटना संलग्न रहेको दुइ जना मध्ये एक जनालाई जिल्ला प्रशासन कार्यालयको गेटमा तैनाथ सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको महुवन गाविस वडा नम्बर ८ बस्ने १८ वषिर्य अभिनाश चौधरी रहेको प्रहरीले जनाएको छ । चौधरीलाई हाल जिल्ला प्रहरी कार्यालयमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यता गम्भिर र्घाईते भएका र्सराफलाई वीरगंज स्थित नारायणी उपक्षेत्रिय अस्पतालमा उपचारका लागि लगिएकोमा अवस्था गम्भिर रहेका कारण उनलाई उपचारका लागि काठमाण्डौ पर्ठाईएको नारायणी उपक्षेत्रिय अस्पतालका चिकित्सकले जनाएका छन ।

No comments:

Post a Comment