Pages

नेइफ द्वारा छात्रबृती पुरस्कार बितरण

वीरगंज २७ फागुन/ नेपाल अमेरिका शिक्षा प्रतिष्ठान नेइफले आज चण्डिकादेवी श्रेष्ठ स्मृती छात्रबृती पुरस्कार बितरण गरेको छ । बाँकी समाचार...........
   

बीरगंजमा रहेको श्रीपुर कलेजमा आयोजित एक कार्यक्रममा बिभिन्न बिधालय र कलेजमा अध्यन्नरत गर्ने ३१ जना बिधार्थीहरुलाइ छात्रबृती बितरण गरिएको हो । नेइफल श्रीपुर कलेज, ठाकुराम बहुमुखी क्याम्पस र बीरगंज नर्सिङ कलेजका अध्यन्नरत चार जना बिधार्थीहरुलाइ नगद २ हजार छात्रबृती रकम बितरण गरेको हो । त्यस्तै प्रथमिक बिधालयमा अध्यन्न गर्ने चार जना बिधार्थीहरुलाइ ५ सय रुपैया र २०६७ सालको टेष्ट परिक्षामा उतिर्ण गरेका बिधार्थीहरुलाइ १२ सय रुपैया पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले छात्रबृती रकम बितरण गर्नु भएको हो । २०६० साल देखि हाल सम्म २ लाख ८१ हजार ५ सय रकम बितरण गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला जिल्ला अधिकारी झा, स्थानिय बिकाश अधिकारी रामाधिन प्रसाद यादव, नेपाल अमेरिका प्रतिष्ठान सुदिप बहादुर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment