Pages

स्व.कोइरालाको पुण्य तिथीमा दन्त शिवीर

बीरगंज १२ चैत्र/ नेपाली कांग्रेसका पूर्व सभापति एवम पूर्व प्रधानमन्त्री स्वर्गीय गिरीजा प्रसाद कोइरालाको प्रथम पुण्य तिथीको अवसरमा आज बीरगंजमा निःशुल्क दन्त शिवीरको आयोजना गरिएको छ । समाचार.........
 

नेपाली कांग्रेस नगर कार्य समिती पर्साले नेपाल राष्ट्रिय प्राथमिक बिधालय वडा नम्बर १९ इनर्वा मा आयोजना गरिएको दन्त शिवीरमा चिकित्सकहरुले दन्त सफइ सम्बन्धी चेतनाको कमी रहेको बताएका छन । शिवीरमा सहभागि चिकित्सकले ३५ देखि ४० बर्षउमेर सम्मका ब्यक्तिहरुमा दात सम्बन्धी समस्या परेको बताउनु भयो । दन्त शिवीरमा इनर्वाका स्थानियबासीहरुको घुइचो लागेको थियो । नेपाली कांग्रेस नगर कार्य समिती पर्साका नगर अध्यक्ष मोहमद सहाबुदीले स्वर्गीय कोइरालाको तस्बीरमा मल्यापर्ण गर्दै कार्यक्रमको उदघाटन गर्नु भएको थियो । दन्त शिवीरमा १ सय ६८ जनाले दन्त परिक्षण गराएको बताइएको छ । शिवीरमा नेपाली कांग्रेसका नेता नरेन्द्र साह, राधिका कार्की, लाल देव यादव, रामनारायण कुर्मी, ध्रुव नेपाल लगायतका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment