बीरगंज १३ फागुन/ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले यो संविधान सभा रबरस्टाम्प मात्र हो, यसले पार्टीको हस्तक्षेप विना १ घण्टा पनि स्वतन्त्र पूर्वक केही नगरेको बताउनु भएको छ । बाँकी समाचार.........
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालीले बीरगंजमा आयोजना गरेको नया चुनाव र जन संघर्षका लागि कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले समयको अभावले संविधान बन्न नसकेको नभएर केही दल र व्यक्तिको स्वार्थ र अभिष्ट पूरा गर्ने साधन मात्र भएको बताउनु भयो । वहा"ले देशलाई प्रजातन्त्रको आवरणमा अधिनायकवाद र र्सवसत्तँवादबाट मुक्त दिलाउन नया" जनादेशमा जानै पर्ने भएकाले अब निर्वाचनमा जानुको विकल्प नरहेको भन्दै अध्यक्ष थापाले यो संविधान सभाले जनचाहना अनुसारको संविधान दिनु र गोरु ब्याएर दुध दिनु एउटै कुरा हो भनी उदाहरण दिदै संविधान नबन्ने ठोकुवा गर्नु भयो । संविधान सभाको म्याद थपेर शान्ति, प्रजातन्त्र र संविधान निस्कर्षा पुग्न सक्दैन भन्दै म्याद थप अहिलेको समस्याको समाधान नरहेको अध्यक्ष थापाको भनाई रहेको । सुरुमै फण्डामेन्टल त्रुटी भएकोले शान्ति प्रकृया, प्रजातन्त्र र संविधान निर्माण हुन नसक्ने जिकिर गर्दै मार्चाबन्दी र ध्रुवीकरण तर्फउन्मुख भएकोले प्रजातन्त्रको रक्षाका लागि राजसंस्था सहितको वीपी, गणेशमान र कृष्ण प्रसाद भट्टर्राईले प्रतिपादन गरेको मेलमिलापको नीतिलाई अंगिकार गर्नु पर्नेमा कुरामा जोड दिनु भएको थियो । अध्यक्ष थापाले ५ बर्षपहिलेका आन्दोलनकारी शक्तिहरुका मुख्य उद्देश्यहरुमा विचलित भएर देश अधिनायकवाद र र्सवसत्तावादको बाटोमा उन्मुख भएकोले देशलाई बचाउन पनि राप्रपा नेपालले चैत्र १५ गते देखि बैशाख २३ गते सम्म प्रचार प्रसार र जेठ १ गते देखि नया" जनाधारका लागी निर्वाचन गराउन दवाव दिने उद्देश्यले आन्दोलन गर्ने घोषणा गर्नु भयो । कार्यक्रममा पार्टीका केन्द्रिय कोषाध्यक्ष राजीव पराजुली, सहमहामन्त्री सुशील श्रेष्ठ र केन्द्रिय सदस्य शम्भु चौरसिया लगायतको सहभागीता रहेको थियो ।

No comments:
Post a Comment