बीरगंज १३ फागुन / सदभावना पार्टीका सभासद अनिल झाले महतोले आफनो पिठयुमा रातीको समयमा छुरा प्रहार गर्नु भएको जस्तो निस्कासन गर्नुभएको आरोप समेत लगाउनु भयो । बाँकी समाचार..........
रिपोर्टस क्लब पर्साले आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभासद झाले नया पार्टी बनाउने पत्रकारहरुको जिज्ञासा सभासद झाले पार्टीले आफुलाइ निस्कासन गरेको कुनै पत्र नदिएको हुनाले पार्टीले जबसम्म यसको निस्पक्ष छानविन गरी निर्णय गर्दै तबसम्म कुनै पार्टी निर्माण नगर्ने प्रष्ट पार्नु भएको थियो । वहाले राजनितीक पार्टीहरु पेशाको रुपमा प्रस्तुत हुने भएकाले यस्ता अवस्थाको आएको बताउनु भयो । महतोले प्रधानमन्त्री निर्वाचन कै दिन राती पार्टी फुटाइ सत्तामा जान लागेको गलत आरोप लगाइ निस्कासन गर्नु भएको बताउदै सभासद झाले प्रधानमन्त्री निर्वाचनकै दिनमा ८ घण्टापछि पार्टीबाट निस्कासन गर्नु महतोको मेन्टलमा परिवर्तन हुन सक्ने आशंका समेत गर्नुभयो ।

No comments:
Post a Comment