Pages

माओबादीलाई गृह मन्त्रालय दिन नसकिने - नेता ओली

बीरगंज १३ फागुन/ नेकपा एमालेका प्रभावशालि नेता केपी ओलिले एकिकृत माओबादीलाई गृह मन्त्रालय दिन नसकिने बताउनु भएको छ । बाँकी समाचार..........
 

रिपोर्टस क्लबले आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता ओलिले लडाकु र हतियारको टुङ्गो नलागे सम्म माओबादीलाई सुरक्षा सम्बन्धि कुनै पनि मन्त्रालय दिन नसकिने प्रष्ट पार्नु भयो । आफ्नो पार्टिका अध्यक्ष झलनाथ खनाल र माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विच भएको ७ बुदे सहमतिलाई एमाले केन्द्रिय कमिटिले परिमार्जन गरी सकेको बताउँदै माओबादीले षड्यन्त्र गरी जनतालाई झुक्याउने काम मात्रै गरेको ओलीको आरोप थियो । नेता ओलिले प्रधानमन्त्रि चयन भएको १ महिना वित्न लाग्दा पनि मन्त्रि परिषद विस्तार हुन नसक्नुले बाँकि रहेको तीन महिनाको समयमा पनि संविधान बन्न नसक्ने होकि भन्ने आशंका उब्जिएको बताउनु भयो । वहाँले दलहरुको सत्ता लिप्साले शान्ति स्थापना र संविधान निर्माण कार्य निष्कर्षा पुग्न नसक्ने दावि समेत गर्नु भयो ।

No comments:

Post a Comment