बीरगंज १६ फागुन/ सहकर्मी सरुवाको विरोधमा कारागार भित्रै प्रदर्शनमा उत्रिएका वीरगंज कारागारका कैदीहरु माथि प्रहरीले हवाई फाएर गर्दै अश्रु ग्यास प्रहार गरेको छ । बाँकी समाचार........
आज विहानै देखि कारागार भित्रै नाराबाजि गर्दै प्रदर्शनमा उत्रिएका कैदीहरुले कारागारमा रहेका आफ्ना २ जना साथिहरुलाई कारागार प्रमुखले सरुवा गर्न लागे पछि उनीहरुले कारागारको मुल गेटमानै ताला लगाएर प्रदर्शनमा उत्रिएका हुन् । बीरगंज कारागारमा रहेका लालबाबु अंसारी र शम्भु गौतमलाई दाङ कारागारमा सरुवा गर्ने कारागार प्रशासनको निर्णयको विरोध गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । जेलर विरबहादुर कुर्मीले पैसा मागेको र पैसा नदिए पछि कैदीहरुको सरुवा गर्न लागेको भन्दै सोको विरोधमा उत्रिएको कैदी लालबाबु अंसारीले बताउनु भयो । विहानै देखि नाराबाजि गर्दै प्रदर्शनमा उत्रिएका कैदिहरुले विहानको खाना समेत बहिष्कार गरेका छन् । आफुहरुले पाउनु पर्ने रासन भत्ता समेत जेलर कुर्मीले कट्टा गरी खाने गरेको उनीहरुको आरोप रहेको छ । कैदीहरुले आफुहरु निकै समय देखि विमारी पर्दै आएको भए पनि कारागार प्रसासनले उपचारमा ध्यान नदिएको पनि आरोप लगाएका छन् । यता पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र्र झाले भने जेल भित्र गलत क्रियाकलाप भई रहेको सुचनाको आधारमा ती दुइ जनालाई अन्यत्र सरुवा गर्न लागीएको बताउनु भयो । यता आफुहरुको माग पुरा नभए सम्म प्रदर्शन गरीनै रहने कैदीहरुले चेतावनी दिएका छन् । कारागार भित्र प्रहरीले संचारकर्मीलाई प्रवेस गर्न नदिएका कारण विस्तृत विवरण भने आउन नसकेको बताएको छन् ।

No comments:
Post a Comment