वीरगंज २९ माघ/ भिजन २०२० राष्ट्रिय गौरव तथा स्वच्छ नागरीकका लागी खेलकुद भन्ने नाराका साथ हिजो देखि वीरगंजमा शुरु भएको नेपाल कुशती संघको बैठक आज विभिन्न ९ बँदे निर्णय पारित गदै सकिएको छ । बाँकी समाचार.........
जिल्ला विकास समिति पर्साको सभाहलमा सम्पन्न बैठकले नेपाल कुशती संघको कार्यालय राष्ट्रिय खेलकुद परिषदको हाताभित्र राख्ने, पुनर्ताजगि ऐन कानुन बारे खेलाडिहरुलाई जानकारी गर्राई कुशती तर्फआकषिर्त गराउने, संघका पुर्व अध्यक्षको नाममा रहेको राष्ट्रिय बाणीज्य बैँकको खाता वर्तमान अध्यक्ष, महासचिव र कोषाध्यक्षको संयुक्त हस्ताक्षरमा संचालन गर्ने लगायतका ९ बुदे निर्णय पारित गरेको छ । भिजन २०२० प्रति सरकारले चासो नदिएको गुनासो संघका महासचिव विद्यासागर पोखरेल गर्नु भएको छ । राजनितिक दबाबका कारण नेपाल सरकारले खेलकुद क्षेत्रलाई पछाडि धकेलेको आरोप लगाउँदै महासचिव पोख्रेलले बारा, पर्सा लगायत तर्राईका जिल्लामा रहेका खेलाडीहरु प्रशिक्षकको अभावले गर्दा लोप हुने सम्भावना बढेको समेत उहाले बताउनु भयो । नेपाल राष्ट्रिय कुशती संघका प्रमुख प्रशिक्षक धर्मराज यादवको समेत उपस्थिती रहेको बैठकमा संघका अध्यक्ष विनोद कुमार चौरसियाको अध्यक्षमा २१ सदस्यीय कार्यसमिती नया चयन गरेको हो ।

No comments:
Post a Comment