वीरगंज २९ माघ / नेपाल स्वर्णकार समाज पर्साले पेशागत हक अधिकारका लागि सुनचादी श्रमिक भेला आज विरगंजमा सम्पन्न गरेको । बाँकी समाचार.........
वीरगंजको रानीघाट स्थित स्वर्णकार धर्मशालामा सम्पन्न भेलामा उपस्थित सम्पूर्णले स्वर्णकार समाजको हकअधिकार सुनिश्चित गर्न र संविधानमा आफनो छुट्टै पहिचान बनाउनका लागि स्वर्णकार समाज एकजुट भई अघि बढनुपर्ने बताएका छन । उनिहरुले नेपालमा करिब १० लाखको सख्यामा रहेका स्वर्णकार समाजले आफनो अस्तित्व कायमका लागि आन्दोलन गर्नुपर्ने आवश्यकता समेत औल्याएका छन । समाजका अध्यक्ष राम र्सराफको अध्यक्षतामा सम्पन्न भेलाका प्रमुख अतिथी नेपाली कांग्रेस पर्साका सभापती सुरेन्द्र प्रसाद चौधरीले समाजका अग्रज व्यक्तिहरु जगरनाथ सरार्फ गणेस सरार्फ गेना र्सराफ, रामदेव र्सराफ, जितलाल र्सराफलाई दोसल्ला ओर्ढाई सम्मान गर्नुभएको थियो । भेला कार्यक्रममा तर्राई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता रामचन्द्र कुशवाहा, सदभावना पार्टी संयुक्तका महासचिव सुरेन्द्र कुर्मी ब्राम्हण समाजका सुलेख मिश्रा, नेपाल पत्रकार महासंघ पर्साका उपसभापती अशोक तिवारी, नेपाल वानका महासचिव दिपेन्द्र चौहान लगायतले समाजको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।


No comments:
Post a Comment