वीरगंज २९ माघ/ लुमन्ती आवासको लागि सहयोग समूहको एक कार्यक्रम विच विदाई गरिएको छ । बाँकी समाचार.........
वीरगज उपमहानगरपालिका, एकता महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड तथा शहरी गरिब सशक्तिकरण समाज उप्सको आयोजनामा सो संस्थालाई विदाई गरिएको हो । कार्यक्रममा अतिथीहरुले खुत्रुके -माटोको) बैकमा रकम बचत गरि उदघाटन गर्नु भएको थियो । लुमन्तीका फिल्ड संयोजक यज्ञराज कार्कीलाई सहकारी संस्था, वीरगंज उपमहानगरपालिका, लुमन्तीको समुहमा रहेका शान्तिटोल, बाल क्लब लगायतका विभिन्न समूहहरुले दोसल्ला ओर्ढाई सम्मान सहित विदाई गरेका हुन । विदाईमा लुमन्तीमा कार्यरत १३ जना कर्मचारीहरुलाई समेत पुरस्कार सहित सम्मान गरिएको थियो । विदाई हुनेमा आरती कार्की, लक्ष्मी खरेल, अब्दुल कैश, कमल महतो, मोहमद असलम, साहेब हुसैन, सिमा साह लगायतका रहेका छन । कार्यक्रममा प्रमुख अतिथी स्थायिन विकास मन्त्रालयका सचिव रेशमीराज पाण्डे, लुमन्तीका कार्यकारी ब्यवस्थापक महेन्द्र जोशी, सबिना लामा, नेपाली काग्रेसका सभासद अजय दुवेदी, स्थानिय विकास अधिकारी रामाधिन यादव, विरगंज उपमहानगर पालिकाका कार्यकारी अधिकृत शिवदत भट्टर्राई, वरिष्ट पत्रकार मुकुन्द आर्चाय लगायतले सस्थाको उत्तरोत्तर प्रगतीको कामना गर्नुभएको थियो । लुमन्ती सस्था विगत ६ वर्षदेखि पर्सा जिल्लामा लक्षित समुदायहरुमा कार्यगर्दै आईरहेको थियो ।

No comments:
Post a Comment