बीरगंज २६ माघ/ जिल्ला पशु सेवा केन्द्र पर्साका प्रमुख डा.दिपक कुमार सिंहले सेवाग्रहीको समस्यालाइ ध्यान दिन कर्मचारीहरुलाइ निर्देशन दिनु भएको छ । बाँकी समाचार.........
पशु सेवा केन्द्रको कार्यक्रक्षमा आज बसेको बैठकले जिल्लाको बिभिन्न सेवा केन्द्रलाइ आवश्यक पर्ने सामग्री समेत बितरण गरेको छ । सामग्रीहरु पाउने सेवा केन्द्रमा बिन्दवासनी, मसियानी, देवरवाना, बिरुवागुठी, वेल्वा, मनियारी, सुगौली, गोबिन्दपुर, पोखरीया, पहामैनपुर, सेढवा, ठोरी लगायतका रहेका छन् । कार्यालयमा समयमा नआउने तथा कृषकको समस्यालाइ ध्यान नदिने कर्मचारीलाइ कडा कारवाही गर्ने चेतावनी समेत केन्द्रका प्रमुख सिंहले दिनु भयो । बैठकमा जिल्ला पशु सेवा केन्द्रका कर्मचारी, पशु सेवा केन्द्रका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

No comments:
Post a Comment