वीरगंज १२ फागुन/ राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्दिंय अध्यक्ष पशुपति शमशेर जवराले माओवादी र एमाले विच भएको सात बुंदे सहमतिले अग्रबामपंथिको खतरा बढेको आशंका व्यक्त गर्नु भएको छ । बाँकी समाचार........
पार्टीले वीरगंज आयोजना गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको संयुक्त कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष जवाराले सात बुन्दै सहमतीमा उल्लेख भए अनुसार दुवैले पालै पालो सरकार चलाउने भनेर उल्लेख गरेको सहमति मुलुक र प्रजातन्त्रको लागि खतरा भएको बताउनु भयो । वहाले तिन ठूला दललाई देश र जनताको भन्दा कुर्सी, सत्ता पार्टीको मात्र चासो भएकै कारण मुलुकले सही निकास नपाएको आरोप लगाउनु भयो । स्वाथै स्वार्थले गस्रित दल र त्यसको नेताहरुकै कारण शान्ति र सविधान समयभित्र आउन नसक्ने आशंका पनि व्यक्त गर्नुभयो । ठूला दलको अदुदर्शिताकै कारण अपार जलस्रोतको धनी मुलुकका जनताले १४ घण्टा लोडसेडिगंको मार खेपिरहेकोमा चिन्ता व्यक्त गर्दै अहिले मुलुकमा केवल एक तिहाई मात्र उज्यालो बाकी रहेकाले यो देशको आर्थिक र सामाजिक विकास धरापमा नै पर्न सक्ने दावी गर्नुभयो । वहाले सविधान सभाको निर्वाचबाट मधेशवादी नेताहरुले मधेशीहरुकै मतबाट जितेर गएपनि उनीहरु केवल सत्तालिप्सा र कुर्सीको खेलमा मात्रै अल्झेको आरोप लगाउनु भयो । मधेशको कुरा सवैभन्दा पहिले राप्रपाले उठाएको र त्यही मुद्धालाई टिपेर मधेशवादी दलहरुले आन्दोलन गरेको जवराको दावी थियो । प्रशिक्षण कार्यक्रम पार्टीका केन्द्रिय सदस्य गोखुल प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

No comments:
Post a Comment