वीरगंज १२ फागुन/ राष्ट्रिय सरोकार मंच नेपालका केन्द्रिय अध्यक्ष प्रवयजन बहादुर सिंहले राष्ट्र, राष्ट्रियता र राजसस्था प्रति सजक हुन आवश्यक रहेको बताउनु भएको छ । बाँकी समाचार........
राष्ट्रिय सरोकार मंच नारायणी अंचल पर्साको आज वीरगंज उपमहानगरपालिका वडा नम्बर १० स्थित पानीटंकीमा कार्यालयको उदघाटन गर्दै अध्यक्ष सिंहले जुनसुकै पार्टीमा आवद्ध भए पनि राष्ट्र र राष्ट्रियता प्रति सजक गराउन र चेतना फैलाउन सवै नेपाली एकजुट हुन आवश्यक रहेको बताउनु भयो । राष्ट्रिय जोगाउन र राजसस्थाको परिहार्यताको बारेमा हरेक नेपालीलाई महसुस गराउन अहिलेको आवश्यक रहेको समेत उहाले बताउनु भयो । मंच नेपालका नारायणी अंचल संयोजक नन्नकिशोर गोयलको अध्यक्षतामा सम्पन्न भएको उदघाटन समारोहमा मंचका केन्द्रिय सदस्य शुशिल सिंह, राजेन्द्र सिंह, धिरज व्रि्रम सिंह लगायत संचारकर्मीहरुको उलेख्नीय सहभागिता रहेको थियो ।


No comments:
Post a Comment