Pages

रेल्वे सेवा निर्माण गर्ने तयारी

बीरगंज ५ फागुन/ भारतीय निर्माण कम्पनी राइड्सको सहयोगमा पर्साको श्रीसियाबाट बाराको अमलेखगन्जसम्म जोड्ने रेल्वे सेवा सञ्चालनका लागि प्रयास भइरहेको जानकारी उद्योग वाणिज्य सङ्घ वीरगंजका अध्यक्ष अशोक टेमानीले दिनुभएको छ । बाँकी समाचार.......
   

वीरगंज उद्योग वाणिज्य सङ्घको ३५ औ अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएपछि यहाँ आयोजित कार्यक्रममा अध्यक्ष टेमानीले सो जानकारी दिँदै आफ्नो कार्यकालमा नै सुख्खा बन्दरगाहबाट अमलेखगंज रेल्वे सेवा सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । करिब ३५ किलोमिटरको दूरीमा सो कार्य सम्पन्न गर्नका लागि भारतीय निर्माण कम्पनी राइड्स सँग कुराकानी अन्तिम चरणमा पुगे पनि नेपालको अस्थिर राजनीतिका कारण समस्या भएको गुनासो उहाँले गर्नुभयो । सिर्सियाको सुख्खा बन्दरगाह अमलेखगंज सँग जोडिएपछि नेपालसहित भारत र तेश्रो मुलुकका उद्योगी, व्यवसायी बढी लाभान्वित हुने उद्योगी, व्यवसायीहरूले बताएका छन् ।

No comments:

Post a Comment