Pages

सशस्त्रद्वारा गाँजा बरामद

बीरगंज ५ फागुन/ सशस्त्र प्रहरी बल बेस क्याम्प बहुअर्वा भाठाले पर्साको डकैला बहुअरीबाट भारी मात्रामा गाँजा बरामद् गरेको छ । बाँकी समाचार.......
   

गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले बेवारिसे अवस्थामा नम्बर प्लेट नभएको एक ट्याक्टरमा लोड गरिराखिएको अवस्थामा उक्त गाँजा बरामद् गरेको हो । तस्करहरूले भारततर्फउक्त गाँजा लैजान लागेको अवस्थामा बरामद् भएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयले जनाएको छ । बरामद् गाँजा आवश्यक कारबाहीका लागि सीमा सुरक्षा कार्यालयमा राखिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल वीरगंजका प्रहरी उपरीक्षक रामप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । तस्करहरू भने फरार भएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment