Pages

खाद्य स्वस्च्छता विषयक अन्तरक्रिंया















बीरगंज २७ माघ/ क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाको आयोजना तथा वीरगंज उपमहानगरपालिकाको सहायोगमा वीरगंजका होटल संचालक विच आज एक दिने खाद्य स्वस्च्छता विषयक अन्तरक्रिंया कार्यक्रम सम्पन्न गरेको छ । बाँकी समाचार.......
   

कार्यक्रमको उदघाटन गर्दै पर्साका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी अधिकारीले उपभोक्ताको स्वास्थ्यको ख्याल गरी स्वच्छ खाद्य पदार्थ बनाई विक्रि गर्न होटल संचालक संग आग्रह गर्नु भयो । उहाले होटल व्यवसायीहरुलाइ खाद्य बस्तुमा कुनै प्रकारको मिसावट नगरी शुद्ध स्वास्च्छ खाद्य पदार्थ विक्रि वितरण गरी गरी उत्तरदायि बन्नु पर्नेमा समेत जोड दिनुभयो । अन्तरक्रिया कार्यक्रमको दोश्रो चरणमा डा प्रभाकर राज पाण्डेले स्वस्थ्य खाद्य प्रक्रिया बारे प्रस्तुत गर्नुभएको कार्यपत्र बारे अधिवक्ता लक्ष्मण घिमिरेले टिप्पनी गर्नुभएको थियो । क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाका खाद्य अनुसन्धान अधिकृत विजय खनालको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा वीरगंजका करिब ४० होटल संचालकहरुको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment