बीरगंज २७ माघ/ विभिन्न माग राख्दै अस्थायी शिक्षकहरुले आज निरन्तर १० औ दिन जिल्ला शिक्षा कार्यालय पर्सामा धर्ना दिइरहेको भए पनि मागका बारेमा सम्बन्धित पक्षले कुनै चासो भने देखाएको छैन । बाँकी समाचार.......
अस्थायी शिक्षक आन्दोलन जिल्ला समिति पर्साको अगुवाइमा शिक्षकहरुले शिक्षा कार्यालयमा धर्ना दिइरहेका हुन् । आन्दोलित शिक्षकहरुले सेवा अवधि गणना गरेर अस्थायी शिक्षकलाई प्रक्रिया पुर्याई स्थायी गर्नु पर्ने लगायतका माग अघि सारेका छन् । आफ्ना मागका बारेमा बारम्बार सम्बन्धित पक्षलाई अवगत गराएको भए पनि अझै सम्म मागका बारेमा कुनै सुनुवाई नभएको भन्दै उनिहरु आन्दोलित बनेका हुन् । आफ्ना माग पुरा नभए सम्म आन्दोलनका कार्यक्रम जारि राखिने आन्दोलन जिल्ला समितिका अध्यक्ष विन्दु दास चौधरीले चेतावनि दिनु भयो ।

No comments:
Post a Comment