बीरगंज २७ माघ/ विभिन्न ५ सुत्रिय माग राख्दै वीरगंजका प्लास्टिक उद्योगि व्यवसायीहरुले आज प्राधिकरण वीतरण केन्द्र वीरगंजको कार्यालय घेराउ गरेका छन् । बाँकी समाचार.......
संघका जिल्ला अध्यक्ष कुवेर गुप्ताको नेतृत्वमा रहेका व्यवसायीहरुले लोड सेडिङ्को समय घटाउनु पर्ने, लाईन टि्रपिगको समस्या हटाउनु पर्ने, डिमान्ड शुल्क मिनाहा हुनु पर्ने, २४ घण्टामा एक पटक मात्र लोडसेडिङ गराउनु पर्ने लगायतका माग राख्दै उनीहरुले कार्यालय घेराउ गरेका हुन् । वीरगंजमा १ सय ५० भन्दा बढीको संख्यामा रहेको प्लाष्टिक उद्योगहरुलाइ दुइ पटक हुने गरेको लोडसेडिङले उद्योग संचालनमा निकै कठिनाई भइरहेको र प्रत्येक दिन प्रति उद्योगमा हजारौ भन्दा बढीको आर्थिक नोक्सानी भोग्नु परेकाले आफुहरु आन्दोलनमा उत्रन बाध्य भएको बताएका छन । यसै विच प्लास्टिक उद्योगि व्यवसायीहरुले वीरगंज विद्युत प्राधिकरण केन्द्रको राजश्व शाखामा तालाबन्दि गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरुले प्राधिकरण वीरतरण केन्द्र वीरगंजमा धर्ना दिए संगै अहिले प्रदर्शन गर्दै वीरगंज बजार बन्द गराएका छन् । उद्योगि व्यवसायीहरुले प्राधिकरणको कार्यालयबाट निस्केको विरोध र्यालिले नगर परिक्रमा गर्दै बजार बन्द गराउँदै हिडेका हुन् । लोडसेडिङले गर्दा प्लाष्टिक उद्योग व्यवसाय धारासायी भएको भन्दै विद्युत आपूर्तिको मांग गर्दै व्यवसायीहरुले घेराउ गरेका हुन ।

No comments:
Post a Comment