Pages

ठक्करबाट प्रहरीको मृत्यु

बीरगंज २१ माघ/ बाराको अमलेखगंजमा ट्रकको ठक्करबाट स्थानिय प्रहरी चौकीमा कार्यरत कमल पौडेलको मृत्यु भएको छ । बाँकी समाचार......... 
   

डियुटीमा कार्यरत पौडेललाई ना ४ ख ४२२ र ना ३ ख ३७९८ नम्बरको दुइवटा ट्रकले आज बिहान करिब एकबजेको समयमा ठक्कर दिदा प्रहरी जवान पौडेलको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतक पौडेलको घर रुपन्देही भएको र उनको दरबन्दी दंगा प्रहरी कार्यालय मकवानपुरमा थियो । प्रहरी चौकी अमलेखगंजमा काजमा रहेका पौडेललाई ट्रकले ओभरटेक गर्ने क्रममा एउटाले ठक्कर दिएको र अर्कोले किचेको प्रहरीले प्रारम्भीक सुचना दिएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छ र घटनाबारे अनुसंधान भैरहेको प्रहरीले जानकारी गराएको छ ।

No comments:

Post a Comment