Pages

फुलबल क्षेत्रलाइ अन्तराष्ट्रिय सहयोग मिल्नेछ - गणेश थापा

बीरगंज २२ माघ/ एसियाली फुटवल महासंघको उपाध्यक्ष पदमा निर्वाचत गणेश थापाले नेपाली फुटवल क्षेत्रको बिकासका लागी अन्तराष्ट्रिय स्तको सहयोग ल्याउनका लागी सक्दो प्रयास गरिने बताएका छन् । बाँकी समाचार.........
   

जनकपुर जाने क्रममा अखिल नेपाल फुटवल संघ बाराले शनिवार पथलैयामा आयोजना गरेको सम्मान कार्यक्रममा सहभागी भएका थापाले सरकारको असहयोगका कारण चाहे अनुरुप फुटवल क्षेत्रको बिकास हुन नसकेको बताउदै अबका दिन भने अर्न्तराष्ट्रिय स्तरबाट समेत नेपाली फुटवलका लागी सहयोगका कार्यक्रमहरु ल्याउन पहल गरिने जानकारी दिए । आगामी बैशाखदेखी राजधानीको मात्र नभएर मोफसलका क्लबहरुको समेत सहभागीता जनाउने गरी राष्ट्रिय लिगको आयोजना गर्ने तयारी भईरहेको बताउदै उनले उक्त लिगमा मोफसलका बिभिन्न क्लबहरुलाई समेत सहभागीता गराउने गरी गृहकार्य भइरहेको जानकारी दिए । महिला फुटवलको समेत ब्यवसायिकता बढाउनका लागी बिभिन्न कार्यक्रमको तयारी भईरहेको थापाले बताए । कार्यक्रमका सभापति अखिल नेपाल फुटवल संघका केन्द्रिय सदस्य तथा जिल्ला फुटवल संघका अध्यक्ष यस समिउल्लाले उपाध्यक्ष थापालाई बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतीको कामना गरेका थिए । सोही अवसरमा दोश्रो सिमरा गोल्ड कपको आयोजक जनजागृती युवा क्लब पदाधिकारीहरुले समेत उपाध्यक्ष थापालाइ स्वागत तथा सम्मान गरेका थिए । कार्यक्रममा आयोजक क्लबका तर्फाट बोल्दै सुमनकुमार भट्टराइले उपाध्यक्ष थापाको अर्न्तराष्ट्रिय स्तरमा भएको प्रतिनिधत्वबाट नेपाली फुटबल क्षेत्रलाइ फलदायी हुनसक्ने बताउनु भयो । अखिल नेपाल फुटवल संघ केन्द्रिय पदाधिकारीहरु जनजागृती युवा क्लबका अध्यक्ष राजकुमार भट्टराइ लगायतको आतिथ्यमा सम्पन्न कार्यक्रमको संचालन शम्भु सिंह ठकुरीले गरेका थिए । यसअघि, अखिल नेपाल फुटवल संघ बाराका पदाधिकारीहरु, खेलाडीहरु लगायतले फुलमालाका साथ उपाध्यक्ष थापाको स्वागत गरेका थिए ।

No comments:

Post a Comment