Pages

नेशनल मेडिकल कलेजमा चोरी

बीरगंज २१ माघ/ बीरगंज उपमहानगरपालिका वडा नम्बर-१८ स्थित नेशनल मेडिकल कलेजमा गएराती चोरी भएको छ । बाँकी समाचार......... 
 

अस्पतालको मुल गेटमा २४ औ घण्टा अस्पताल ब्यवस्थापनको आफनौ सुरक्षा गार्ड रहने तथा भर्ना र लेखा शाखा रहेको ब्लक यहीको प्रशासनिक कक्षको सुरक्षा प्रबन्धक बयवस्थित भएकाले चोरीमा मेडिकल कलेज भित्रकै ब्यक्तिको संलग्न रहेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । चोरी कसले र किन गरिएको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मेडिकल कलेजको लेखा शाखा र भर्ना शाखाको ढोकामा लगाइको ताल्चा फुटाएर अज्ञात समुहले १ थान कम्प्युटर र २० लाख १० हजार भारतीय रुपैया चोरी गरेको मेडिकल कलेज ब्यवस्थापनले जनाएको छ । 

No comments:

Post a Comment