बीरगंज २१ माघ/ बीरगंजको मुर्ली टोल स्थित सुरजी देबी माध्यमिक बिधालय परिसरमा निर्मित ४ कोठे पक्की भवनको उदघाटन र सरस्वतीको प्रतिमामा अनावरण कार्यक्रम आज एकब समारोहका बीच सम्पन्न् भएको छ । बाँकी समाचार.........
जिल्ला शिक्षा अधिकारी केदार प्रसाद तिवारी, डा.बिश्वम्भर शर्मा र दाता परिवारका सदस्य छठु साह कानुले संयुक्त रुपमा अनावरण गर्नु भएको हो । त्यस्तै दाता परिवारका स्वर्गीय देबीको प्रतिमाको पनि अनावरण गरिएको हो । स्कुलका प्रधानाध्यापक एल.पी. मिश्राले १८ लाख रुपैयाको लागतमा ४ कोठे भवनको निर्माण गरिएको जानकारी दिनुभयो । वहाले दुवै प्रतिमा २ लाख ३८ हजार रुपैया रहेको लागतमा निर्माण गरिएको जानकारी दिनुभयो । चन्दा संकलन दाता परिवार अनुपस्थित शिक्षकहरुको तलव कट्टा गरेर निर्माण कार्य गरिएको हो । स्कुल ब्यवस्थापन समितीका अध्यक्ष शम्भु प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रामचन्द्र सिंह, पारस दास, योगेन्द्र साह कानु लगायतको उपस्थिती रहेको थियो ।

No comments:
Post a Comment