Pages

अस्पतालमा ल्याव असिस्टेन्ट नहुदा बिरामीहरुको उपचारमा समस्या

बीरगंज २१ माघ / पर्सँको पाखरीया गाबिसमा रहेको अस्पतालमा लामो समय देखि ल्याव असिस्टेन्ट नहुदा बिरामीको उपचारमा समस्या भइरहेको छ । बाँकी समाचार.........
 

स्वास्थ्यकर्मीहरुलाइ रोग पता लगाउन सही तरिकाले औषधी उपचार गर्नका लागि प्रयोग शाला अर्थात ल्याबको रिपोर्ट जरुरी रहेको हुन्छ । ल्याबमा प्राबिधिक नरेकोले क्षयरोगका बिरामीहरु सबै भन्दा बढी प्रभाबित भएकाले छन् । अन्य रोगका बिरामीहरु रगत, दिशापिसाब परिक्षणका लागि सदरमुकाम र सिमापारी भारत जानु पर्ने बाध्यता श्रृजना भएको छ । जनस्वास्थ्य कार्यालय प्रमुख अरुण कुमार महतोले ५ दिन भित्र ल्याब असिस्टेन्टको ब्यवस्था गर्ने आशवासन दिएपनि एक महिना भन्दा बढी समय बिती सकेको बताइएको छ पोखरीया अस्पतालमा उपचारका लागि पोखरीया, लङ्गडी, हरिहरपुर, धोबीनि, भिस्वा, सम्भवता, मिर्जापुर, मुहवन, बहुअर्वा भाठा, मुर्ली, निचुटा, सोनवर्षा, जगरनाथपुर, धोरे, पकहा मैनपुर, सबैठवा, भेडियाही लगायतका गाबिसका बिरामीहरु आउने गरेका छन् ।

No comments:

Post a Comment