Pages

संबिधान निर्माणका लागि दबाब र्‍याली














बीरगंज २० माघ/ प्राज्ञिक बिधार्थी परिषद नेपालले आज बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसबाट निकालीएको संबिधान निर्माणका लागि जागरण तथा बिशाल दवाव र्‍याली नगर परिक्रमा गरी घण्टाघर चौकमा पुगी कोण सभामा परिणत भएको थियो । बाँकी समाचार.........
   

कोण सभालाइ सम्बोधन गर्दै प्राज्ञिक बिधार्थी परिषद नेपालका केन्द्रिय अध्यक्ष डा. हरेराम ठाकुरले राष्ट्रको स्वभिमान र समृद्धि तथा आर्थिक बिकासको बाटो तर्फलैजानको लागी आम नेपाली जनताहरु सँग आग्रह गर्नु भएको छ । वहाले राजनैतिक दल, सभासद, संबिधान सभा र सरोकारवालाहरु माथी दबाब सिर्जनाको काम प्राज्ञिक बिधार्थी परिषद नेपालले देशको बिभिन्न स्थानमा गरिरहेको बताउनु भयो । प्राज्ञिक बिधार्थी परिषदका नगर अध्यक्ष नमो नारायाण मेहताको अध्यक्षता भएको कार्यक्रममा धर्मसभा नेपालका अध्यक्ष मोहन राजपाल, केन्द्रिय सचिव सन्तोष अचार्य, केन्द्रिय सदस्य प्रबिण पाण्डे, राजु सापकोटा, गौरब बर्मा, बीरगंज नगर छात्रा प्रमुख लक्ष्मी र्राई, बारा जिल्ला संयोजक राजु बस्नेत, बारा जिल्ला छात्रा प्रमुख पबित्र चौधरी, बीरगञ्ज छात्रा नेता मुन्ना यादब र फिरोज अन्सारीले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रम सन्तोष पुरीले संचालन गर्नु भएको थियो ।

No comments:

Post a Comment