Pages

'समयमै संविधान निर्माण भए प्रेस स्वतन्त्रता सुरक्षित हुने'














वीरगंज१६ माघ/ नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झाले बैशाख २० मा हुने महासंघको महाधिवेशन सम्म पनि दबाबमूलक कार्यक्रमहरु जारीनै रहने बताएका छन् । बाँकी समाचार......


नेपाल पत्रकार महासंघ पर्साले शहिद दिवशको अवसर पारेर आइतबार वीरगंजमा आयोजना गरेको शान्ति र संविधान निर्माणका लागि दबाबमूलक र्‍याली निकालेको हो । बीरगंजको घण्टाघरबाट निकालीएको र्‍याली माइस्थान, आदर्शनगर, घडिअर्वा, माइस्थान हुदै घण्टाघरमै आएर कोण सभामा परिणत भएको थियो । र्‍याली पश्चात आयोजित कोण सभालाइ सम्बोधन गर्दै अध्यक्ष झाले बिगतमा प्रेस स्वतन्त्रता,सूचनाको हक र श्रमजीवि कानूनको कार्यान्वयनको लागि आन्दोलन र दबाबमूलक कार्यक्रम गरेको तर यस पटक भने समयमै संविधान निर्माणको नारा सहित दबाबमूलक कार्यक्रम संचालन गरेको झाले बताउनु भएको छ । पत्रकार महासंघले ०६२/०६३ को लोकतान्त्रिक आन्दोलनमा सशक्त सहभागिता जनाएपछि आन्दोलनले गति लिएको स्मरण गर्दै अध्यक्ष झाले जनताले दिएको म्यान्डेट अनुसार थप गरिएको एक बर्षा पनि सभासदहरुले संविधान निर्माण गर्न नसक्ने संभावना बढदै गएको बताउनु भयो । उक्त र्‍यालीमा अपाङ्ग संघ, दलका प्रतिनिधि, संचारकर्मी समेतको उल्लेख्य सहभागिता रहेको थियो । 

No comments:

Post a Comment