Pages

शहिद दिवसको अवसरमा विभिन्न कार्यक्रम

वीरगंज १६ माघ/ शहिद दिवसको अवसरमा आज वीरगंजमा विभिन्न संघ संस्थाहरुले विभिन्न कार्यक्रम गरेका छन । बाँकी समाचार.......
  

नेपाली कांग्रेस नगर कार्य समिती पर्साले आज वीरगंजमा विभिन्न कार्यक्रम गरी शहिद दिवस मनाएको हो । नगर कार्य समिती पर्साले वीरगंजको नारायणी उपक्षेत्रिय अस्पतालमा रहेको शहिद थीरबम मल्लको शालिकमा माल्यार्पण गरेका छन । नगर अध्यक्ष मोहमद साहबुदिनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस पर्साका अध्यक्ष सुरेन्द्र चौधरी, पूर्व अध्यक्ष राजेन्द्र बहादुर आमात्य, राजकृष्ण आमात्य, श्याम पोखरेल, विजय र्सराफ, विरेन्द्र पटेल, संतोष सिंह लगायतका नेताहरुको सहभागिता रहेको थियो । माल्यार्पण लगतै नेपाली काग्रेसका कार्यकर्ताहरुले सोहि ठाउबाट निकालिएको मोटरसाइकल र्‍याली गण्डक चौकमा पुगेको थियो । काग्रेसले गण्डक चौकमा रहेको शहिद तेजबहादुर आमात्यको शालिकमा माल्यार्पण गरेको छन । मार्ल्यर्पण कार्यक्रममा नगर कार्य समितीले ५ जना जिल्लाका नेताहरुलाई दोसल्ला ओर्ढाई सम्मान गरेका छन । कांग्रेस पर्साका अध्यक्ष सुरेन्द्र चौधरीले पार्टीका नेता देवेन्द्रलाल नेपाली, लालहरी सिंह घिमिरे, बलिराम ओझा, विश्वराज बराल र हिरा पटेललाइ दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो । यसैगरी नगसमितीले नै जिल्लाबाल कल्याण वीरगंजका २७ जना बालबालिकाहरुलाई फलफुल तथा स्टेशनगरी समेत वितरण गरेको छ । त्यसैगरि शहिद दिवसकै अवसरमा जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज वीरगंजमा नेजामती कर्मचारीहरुले प्रभातफेरी निकालेका छन । वीरगंजको घण्टाघरबाट निकालिएको प्रभातफेरी नगरपर्रि्रममा गरी बाल कल्याण समितीमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा नेपाल प्रहरी र शसस्त्र प्रहरीहरुले शहिद प्रति सलामी अर्पण गरेका थिए । सभामा जिल्ला प्रशासन कार्यायल पर्साका प्रमुख नागेन्द्र झा, स्थानिय विकास अधिकारी रामाधिन प्रसाद यादव, नेकपा संयुक्तका रामराज्य जैसवाल, सशस्त्र प्रहरी उपरिक्षक रामप्रकाश श्रेष्ठ, लगायतले नेपालको लोकतान्त्रिक आन्दोलनकामा सहादत प्राप्त गर्नुहुने सम्पूण ज्ञात अज्ञात शहिदहरु प्रति श्रद्धान्जली अर्पण गर्नुभएको थियो । प्रभातफेरीमा पर्साका विभिन्न सरकारी कार्यालयका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment